नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम पनि घट्यो

२०८३ साउन १४ गते

नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक घटेर बन्द भएको छ। लगातार तेस्रो कारोबार दिन बजारमा गिरावट देखिएको हो।

 

Advertisement:

Ad
Ad

यस दिन नेप्से १६.२९ अंकले घटेर २६७२.५८ विन्दुमा झरेको छ। सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि घटेका छन्।

बजारसँगै कारोबार रकम पनि खुम्चिएको छ। बुधबार ४ अर्ब २ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३३७ कम्पनीका ७५ लाख ४८ हजार कित्ता शेयर ४४ हजार ६५१ पटक किनबेच हुँदा कुल कारोबार ३ अर्ब ३८ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ।

 

एभरेष्ट कलर कम्पनीको शेयर लगातार नवौँ कारोबार दिन पनि सकारात्मक सर्किटमा कारोबार भयो। यता, कालिञ्चोक हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १४.९९ प्रतिशतले घट्दा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमा पनि दोहोरो अंकको गिरावट देखियो। कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स अग्रस्थानमा रह्यो। यस दिन सबै १३ उपसमूहका सूचक घटेका छन्, जसमा जलविद्युत उपसमूह सर्वाधिक १.२० प्रतिशतले ओरालो लागेको छ।