२०८३ साउन १४ गते
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपाल भट्टले कम्पनीका संस्थापक र साधारण सेयरका लागि छुट्टाछुट्टै ‘डबल आईएसआईएन ISIN लागू नहुने स्पष्ट पारेका छन्।
उनले ISIN(आईएसआईएन) अन्तर्राष्ट्रिय संस्थाको मापदण्डअनुसार प्रदान गरिने भएकाले अन्तर्राष्ट्रिय अभ्यासविपरीत व्यवस्था गर्न नसकिने बताएका हुन् । । सेबोनको नयाँ पुँजीबजार नीतिमा पनि International Securities Identification Number (ISIN) अनुरूप नै आईएसआईएन व्यवस्था गरिने उल्लेख छ। डबल आइजिनको विषयले सेयर बजारलाई प्रभावित पार्ने भन्दै जलविद्युत कम्पनीका प्रवर्धकहरुले विरोध गर्दै आएका थिए ।
यसअघि सिडिएसले प्रस्ताव गरेको डबल आईएसआईएन सम्बन्धी निर्देशिका विवादपछि स्वीकृत हुन सकेको थिएन भने नयाँ नेतृत्वले अब अन्तर्राष्ट्रिय अभ्यासअनुसार एकल आईएसआईएन प्रणालीलाईनै अघि बढाउने भएको छ ।
प्रतिक्रिया