सुनको मूल्य बढ्दा चाँदी घट्यो

२०८३ साउन १४ गते

सुनको मूल्य बढ्दा चाँदी घट्यो

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँमा कारोवार भैइरहेको छ । 

 

Advertisement:

Ad
Ad

बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँमा कारोवार भैइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।