२०८३ साउन १८ गते
जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा लगाउँदै आएको निषेधाज्ञा आज बिहान ५ः०० बजेबाट हटाएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेले आइतबार एक सूचना जारी गर्दै आज १८ गते बिहान ५ः०० बाट जनकपुर क्षेत्रमा लगाइएको निषेधाज्ञा आदेश हटाइएको बताए। साउन १६ गतेबाट जनकपुरधामको चार किल्ला क्षेत्र तोकेर निषेधाज्ञा आदेश जारी गरिएको थियो ।
प्रशासनले आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको, जिल्लाको सुरक्षा अवस्था सामान्य बन्दै गएको तथा जनजीवन क्रमशः सामान्यीकरणतर्फउन्मुख भएको जनाएको जनाउँदै निषेधाज्ञा आदेशे हटाइएको जनाएको छ ।
प्रतिक्रिया