अर्थमन्त्री वाग्लेले आज २० वटै वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

२०८३ साउन १९ गते

अर्थमन्त्री वाग्लेले आज २० वटै वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरुसँग छलफल गर्दै छन् ।बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यन्वयनमा प्रमुख वित्तीय संस्थाहरुको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सिइओहरुलाई छलफलमा बोलाएको वाग्लेको सचिवालयले जनाएको छ ।


दिउँसो ३ बजे मन्त्रालयमा हुने छलफलमा नेपाल राष्ट्र बैकले क श्रेणीमा राखेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी हुनेछन् ।

Advertisement:

Ad
Ad