युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

२०८० मंसिर १४ गते

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं। युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनी संचालक समितिको बुधबार भएको बैठकले हकप्रद जारी गर्ने निर्णय गरेको हो।

कम्पनीले १:१ प्रतिशतमा हकप्रद सेयर जारी गर्ने भएको हो। कम्पनीले आफ्नो उद्देश्यअनुसार जलविद्युत आयोजनामा लगानी गर्न हकप्रद सेयर जारी गर्न लागेको उल्लेख गरेको छ। युनाइटेड मोदीले ५० मेगावाटको मेवा खोला जलविद्युत आयोजनामा लगानी गर्दैछ।

Advertisement:

Ad
Ad

कम्पनीको संचालक समितिले पास गरेको सो प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृति पाउनुपर्छ। त्यसलाई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयर जारी गर्न मिल्छ।