युक्रेनमा रूसी क्षेप्यास्त्र आक्रमण, देशव्यापी हवाई आक्रमणको चेतावनी

२०८० पुस २४ गते

युक्रेनमा रूसी क्षेप्यास्त्र आक्रमण, देशव्यापी हवाई आक्रमणको चेतावनी

युक्रेन। रूसले युक्रेनविरुद्ध क्षेप्यास्त्र आक्रमण गर्दा सोमबार बिहान युक्रेनका दर्जनौँ सहरमा विस्फोटको आवाज सुनिएको स्थानीय अधिकारी र सञ्चारमाध्यमले बताएका छन् ।

युक्रेनको मध्य भागमा रहेको डेनिप्रो र क्राइभी रिह, पूर्वी शहर खार्किभ र दक्षिणी  शहर जापोरिजियामा विस्फोट भएको युक्रेनी समाचार निकाय इन्टरफ्याक्सले जनाएको छ ।

Advertisement:

Ad
Ad

पश्चिमी खमेल्निट्स्की क्षेत्रमा हवाई प्रतिरक्षा पनि सक्रिय भएको क्षेत्रीय प्रशासनले टेलिग्राममा जनाएको छ ।

प्रारम्भिक विवरणअनुसार रूसले युक्रेनमा ११ टीयू–९५ बमवर्षक विमान र चार मिग–३१ लडाकू विमानमार्फत् आक्रमण गरेको थियो ।

युक्रेनका सैन्य अधिकारीलाई उद्धृत गर्दै सञ्चार माध्यमले स्थानीय समयअनुसार बिहान छ बजेदेखि यूक्रेनको सम्पूर्ण भागमा हवाई आक्रमणको खतरा रहेको चेतावनी जारी गरिएको जनाएका छन् ।