विद्युत प्राधिकरणले काट्यो रिलायन्स् स्पिनिङ मिल्स् लगायत तीन उद्योगको लाइन

२०८१ असार २६ गते

विद्युत प्राधिकरणले काट्यो रिलायन्स् स्पिनिङ मिल्स् लगायत तीन उद्योगको लाइन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता रहेका उद्योगहरुको लाइन पुन: काटेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र उर्जामन्त्री शक्ति बस्नेतले उद्योगमा बिजुली काट्न सहमति दिएसँगै घिसिङले तीन उद्योगको बिजुली काटेका हुन् ।

Advertisement:

Ad
Ad

बक्यौता तिर्न नआएको भन्दै प्राधिकरणले रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको हो । प्राधिकरणका अनुसार घोराहीको ४० करोड ६८ लाख रुपैयाँ, रिलायन्स ६० करोड २९ लाख रुपैयाँ रअर्घाखाँचीको ३५ करोड ८८ लाख रुपैयाँ बक्यौता छ । यो रकममा थप २५ प्रतिशत जरिवानसहितको बिल प्राधिकरणले उद्योगीहरुलाई पठाएको थियो ।

प्राधिकरणले बक्यौता तिर्न नआए अरु उद्योगको पनि लाइन काट्दै जाने जनाएको छ ।