२०८१ चैत ०७ गते
काठमाडौ । संसदमा आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई बर्खास्ती गर्नुपर्ने माग उठेको छ । नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेतले मन्त्री खड्कालाई पदबाट बर्खास्त गर्न माग गरेकी हुन ।
नेपाल विद्युत प्राधिकरणलाई ध्वस्त पार्ने षड्यन्त्रमा मन्त्री खड्का लागेकाले तत्काल बर्खास्त गर्नुपर्ने बस्नेतले भनिन । ऊर्जामन्त्री खड्काले लोडसेडिङको हल्ला फैलाएर जनतालाई आतंकित बनाएको र नेपाल विद्युत प्राधिकरण ध्वस्त बनाउन लागिपरेको भन्दै उनले बर्खास्त गर्न माग गरेकी हुन् ।
प्रतिक्रिया