२०८१ भदौ २८ गते
काठमाडौँ । पूर्वसभामुख तथा नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सम्भव नहुने बताएका छन् ।
शुक्रबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उपाध्यक्ष सापकोटाले राजनीतिक उद्देश्यबाट प्रेरित भएर उपसभामुख रानालाई हटाउन खोजिएको बताए । उनले सत्तारुढ दलहरुले राजनीतिक कारण उपसभामुखलाई हटाउने कुरा उठाएको भन्दै उपसभामुखलाई हटाउन सम्भव नभएको बताए ।
उपाध्यक्ष सापकोटाले सरकार संवैधानिक परिषदमा अल्पमतमा परेका कारण उपसभामुखलाई हटाउने कुरा उठाइएको जिकिर गरे । उनले संवैधानिक परिषदमा गरिने निर्णयलाई सहज बनाउनका लागि सो एजेण्डा उठाइएको बताए ।
पूर्वसभामुख सापकोटाले सभामुख र उपसभामुखले संसद्को गरिमा र ओज राख्नुपर्ने बताए । उनले सभामुख र उपसभामुखले संसद्को गरिमामा आँच आउने काम गर्न नहुने बताए ।
प्रतिक्रिया