त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र खादा तथा माला नल्याउन अपिल

२०८१ भदौ २७ गते

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र खादा तथा माला नल्याउन अपिल

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नागरिक उड्डयन कार्यालयले विमानस्थलको सुरक्षा जाच गर्ने ठाउँमा खादा तथा माला नल्याउन अपिल गरेको छ।  प्राधिकरणले एक सूचना जारी गर्दै यात्रुहरुलाई विदाई स्वरुप साथमा ल्याइने खादा आदि वस्तु सुरक्षा जाँचको समयावधि भर प्रयोग नगर्न अनुरोध गरेको छ  ।

प्राधिकरणको अनुसार खादा/मालाको प्रयोगले सुरक्षा जाचको क्रममा विमानस्थलको सुरक्षा उपकरणमा अड्केर गम्भीर क्षति पुर्याएको तथा विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर गरेको जनाएको छ।

Advertisement:

Ad