२०८२ असार ०१ गते
काठमाडौं। प्रहरीको साइबर ब्यूरोले टिकटकर रमा बस्नेतलाई पक्राउ गरेको छ । बस्नेतलाई आज भक्तपुरबाट पक्राउ गरेको प्रवक्ता एवं सूचना अधिकारी एसपी दिपक राज अवस्थीद्वारा जारी सूचनामा उल्लेख छ ।
खोटाङ हलेसीतुवाचुङ नगरपालिका वडा नं ६ स्थायी घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया बस्नेतलाई ब्यूरोले सामाजिक सञ्जाल टिकटकमा नियमित तथा नियोजितरूपमा जातिय एवम् साम्प्रदायिक भावनामा खलल पुऱ्याउनुको साथै प्रतिष्ठित व्यक्ति तथा संस्थालाई लक्षित गरी, तथ्य र आधारहीन विषयलाई उठान गरी, भ्रामक विषयवस्तु प्रसारण गरी, व्यक्ति, संस्था र सम्प्रदाय प्रति नकारात्मक धारणा फैलाई चरित्र हत्या भएको आरोपमा पक्राउ गरिएको बताइएको छ ।
हाल उनी जिल्ला अदालत काठमाडौंको आदेशअनुसार तीन दिनको म्याद थप गरी अनुसन्धान भइहेको छ।
प्रतिक्रिया