ठगीधन्दा चलाउनेको निशानामा बैंकर,गभर्नरपछि एनआइसी एसियाका सीईओको नाममा नक्कली ह्वाट्स्एप एकाउण्ट

२०८० माघ ०४ गते

ठगीधन्दा चलाउनेको निशानामा बैंकर,गभर्नरपछि एनआइसी एसियाका सीईओको नाममा नक्कली ह्वाट्स्एप एकाउण्ट

काठमाण्डौ। यतिखेर ह्वाट्स्एपमा नक्कली एकाउण्ट खोलेर ठगी धन्दा गर्नेहरुको बिगबिगी बढ्न थालको छ ।अझ त्यस्ता धन्दा चलाउनहरुको नजर बैंक वित्तीय संस्थाका प्रमुखहरुतिर तेर्सिएको सहजै बुझ्न सकिन्छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाममा नक्कली ह्वाट्एप एकाउण्ट खोलेर बैंककै पदाधिकारीसँग पैसा मागेको घटना सेलाउन नपाउँदै एनआइसी एसिया बैंकका सीईओ रोशनकुमार न्यौपानेको नाममा नक्कली ह्वाट्स्एप खाता खालेर रकम माग गरिएको घटना सार्वजनिक भएको छ ।

Advertisement:

Ad
Ad

बिहीबार साँझ एनआइसी एसिया बैंकले एक सूचना जारी गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० श्री रोशन कुमार न्यौपानेलाई रोशन कुमार उल्लेख गर्दै उनको तस्बिर दुरुपयोग गरी ह्वाट्स्एप एकाउण्ट बनाएर म्यासेज पठाएको र संवाद समेत गरेको भन्दै सचेत हुन आग्रह गरेको छ ।

बैंकले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला, ग्राहक र सर्वसाधारणमा अनुरोध समेत गरेको छ ।