सुनकोशी नदीमा बेलिब्रिज जडान, आवागमन सुचारु(फोटो फिचर)

२०८१ कात्तिक ०८ गते

सुनकोशी नदीमा बेलिब्रिज जडान, आवागमन सुचारु(फोटो फिचर)

काठमाडौं । सुनकोशी नदीमा बेलिब्रिज जडान भएपछि आवागमन सुचारु भएको छ ।असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षा र तत्पश्चातको बाढी तथा पहिरोका कारण सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं ७ स्थित खुर्कोट र रामेछापको मन्थली नगरपालिका वडा नं ६ जोड्ने बिपी राजमार्ग र पुष्पलाल राजमार्ग बीचमा रहेको सुनकोशी नदीको १०० मिटर लामो पक्की पुलमध्ये रामेछापतर्फ रहेको आधा भाग बगाएको थियो ।

अबरुद्ध भएको स्थानमा नेपाली सेनाको टोलीले असोज २० गतेबाट बेली ब्रिज जडान कार्य सुरु गरेको थियो । पुल बगाएर सडक अवरुद्ध भएपछि उक्त पुल भएर रामेछाप, सिन्धुली, ओखलढुङ्गालगायत देशका विभिन्न ठाँउमा पुग्ने यात्रुलाई असहज अवस्था सिर्जना भएको थियो ।

Advertisement:

Ad
Ad