सुनको मूल्यमा सामान्य गिरावट

२०८१ फागुन १५ गते

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य सामान्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ ।

Advertisement:

Ad
Ad

बिहिबार दिन छापावाल एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारको बजारमा छापावाल सुन एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार ९४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।