सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

२०८१ भदौ २७ गते

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। बुधबार सुनको भाउ अहिले सम्मकै उच्च बिन्दुमा पुगेर बिहीबार तोलामा १०० रुपैयाँले घटेको हो।

Advertisement:

Ad

बिहीबार छापावाला सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला १ लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने अझै बढेको छ। बिहीबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला १ हजार ७८० रुपैयाँमा खरिदबिक्री भएको थियो।