सुन तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो

२०८० मंसिर २४ गते

सुन तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो

काठमाडौं। आइतबार सुन तोलामा १ हजार ३ सय रुपैयाँ घटेको छ भने चाँदीको मुल्य पनि  ३५ रुपैयाँले  घटेको  छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख १७ हजार ५ सय रुपैयाँ कायम रहेको  छ।

गत शुक्रबार सुन तोलाको १ लाख १८ हजार ८ सय थियो। चाँदी तीन दिनपछि ३५ रुपैयाँ घटेर आइतबार प्रति तोला १४ सय २५ रुपैयाँ भएको छ। गत बिहीबार तोलाको १४ सय ६० रुपैयाँ थियो। सुनको मूल्य सर्वाधिक उच्च भएका बेला गत सोमबार चाँदी १५ सय ४५ रुपैयाँ पुगेको थियो।

Advertisement:

Ad
Ad

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रति औंस २००४.५५ डलरले कारोबार भइरहेको छ। चाँदीको मूल्य भने प्रति औंस २३ डलर छ।