सुन तस्करी छानबिन आयोगको प्रतिवेदनबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

२०८० चैत ०२ गते

सुन तस्करी छानबिन आयोगको प्रतिवेदनबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक शुरू भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ साढे ५ बजेदेखि बैठक शुरू भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको विद्युतीय चुरोट (भेप) र गत फागुन २ गते पक्राउ भएको ६१ केजी सुन तस्करीको विषयमा जाँचबुझ गर्न गठित जाँचबुझ आयोग’ले गरेको अनुसन्धानमा सीआइबीले बिचौलियासँग ३० लाख रकम लिई बयान गायब पारेको प्रतिवेदन सार्वजनिक गरी गृहमन्त्रीलाई बुझाएको थियो ।

Advertisement:

Ad
Ad

उक्त प्रतिवेदन गृहमन्त्री रवी लामिछानेले प्रधानमन्त्रीलाई बुझाएका थिए । जसमा सीआइबी प्रमुख किरण बज्राचार्यलाई कारबाही हुनपर्ने,पूर्वसभामुख कृष्णबहादुर महरालाई मुद्दा चलाउनर्पे लगायतका सुझाव उल्लेख छ ।