सिटिजन्स बैंकको ५६ हजारभन्दा बढी संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न पाउने

२०८० चैत ०२ गते

सिटिजन्स बैंकको ५६ हजारभन्दा बढी संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक तर्फको ५६ हजार ५८० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । यस अघि कम्पनीले गत माघमा विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी १ लाख ६ हजार ५८० दशमलव ७८ कित्ता शेयर विक्रीमा ल्याएको थियो।

सो अवधिमा विक्री हुन नसकेको बाँकी शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । यो शेयरको मुल्य प्रतिकित्ता १०५ रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र इच्छुक खरीदकर्ताहरूले आवेदन पेश गर्न सक्नेछन् ।

Advertisement:

Ad
Ad

आवेदन बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा पेश गर्न सकिने जानकारी कम्पनीले दिएको छ ।