शेयरबजारमा गिरावटको निरन्तरता, कारोबार रकममा सुधार

२०८१ चैत ०६ गते

शेयरबजारमा गिरावटको निरन्तरता, कारोबार रकममा सुधार

काठमाडौँ। बुधबार पनि नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १४. ८८ विन्दुले घटेर २६८२.१५ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.५५ प्रतिशतले घटेको हो ।

यस दिन नेप्सेका १३ वटा उपसमूहमा तीन उपसमूहको परिसूचक बढेको छ भने बाँकि नौ उपसमूहका परिसूचक घटेका छन् । आज सर्वाधिक बढ्ने उपसमूहमा व्यापार उपसमूह रह्यो जसको परिसूचक ० . ६० प्रतिशतले बढेको छ। त्यस्तै सर्वाधिक घट्ने उपसमूहमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक १.५३ प्रतिशतले घटेको छ।

Advertisement:

Ad
Ad

नेप्से परिसूचक घटे पनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन चार अर्ब ३४ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ५४ हजार छ सय २२ पटकको कारोबारमा पाँच अर्ब १४ करोड बराबरको किनबेच भएको छ । जसमा ५४ कम्पनीका शेयर बढेका छन् भने १८२ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी सात कम्पनीका शेयर स्थिर रहेका छन् ।

बुधबार सर्वाधिक बढ्ने स्टकमा मिथिला लघुवित्त रह्यो जसको शेयर ९.३९ प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्ने स्टकमा सामुदायिक लघुवित्त रह्यो जसको शेयर ९.२० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स रह्यो जसको २९ करोड ६७ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा घलेम्दी हाइड्रोपावरको शेयर रह्यो जसको चार लाख ३५ हजार कित्ता शेयर किनबेच भएको छ।