शेयरबजार लगातार पाँचौं दिन पनि घट्यो, कारोबार रकममा भारी गिरावट

२०८१ भदौ २५ गते

शेयरबजार लगातार पाँचौं दिन पनि घट्यो, कारोबार रकममा भारी गिरावट

काठमाडौँ । लगातार चार दिनदेखि घटिरहेको शेयरबजार मङ्गलबार पनि घटेको छ । यस दिन नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ विन्दुमा पुगेको छ। बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.४९ प्रतिशतले घटेको छ।

यस दिन नेप्सेका १३ उपसमूहमध्ये ११ वटा उपसमूहको परिसूचक घटेको छ भने ब्यापार उपसमूहको परिसूचक मात्रै बढेको छ । त्यस्तै होटल तथा पर्यटन उपसमूहको परिसूचक भने स्थिर रहेको छ।  यस दिन व्यापार उपसमूहको परिसूचक ०.७९ प्रतिशतले बढेको छ । मङ्गलबार सर्वाधिक घट्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक ०.९९ प्रतिशतले घटेको छ।

Advertisement:

Ad
Ad

नेप्से परिसूचक घटेसँगै आज कारोबार रकम पनि घटेको छ। सोमबार ९ अर्ब ४३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज भने ३२८ स्टकको ९३ हजार ४ सय ५९ पटकको कारोबारमा ७ अर्ब २४ करोड रुपैयाँ बराबरको एक करोड ९० लाख कित्ता शेयर खरिदबिक्री भएको छ। जसमा ६७ वटा कम्पनीको शेयर बढेको छ र १७० वटा कम्पनीको शेयर घटेको छ । त्यस्तै ८ कम्पनीको शेयर भने स्थिर रहेको छ ।

यस दिन सर्वाधिक बढ्नेमा मानुषी लघुवित्त रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सर्वाधिक घट्नेमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३ रह्यो जसको शेयरमा ८.८२ प्रतिशतको गिरावट आएको छ ।

मङ्गलबार सर्वाधिक रकमको कारोबार गर्नेमा एचआइडिसीयलको प्रमोटर शेयर रह्यो जसको २९ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि एचआइडिसीयलको प्रमोटर शेयर नै रह्यो जसको १६ लाख ६४ हजार कित्ता शेयर किनबेच भएको छ ।