सेयर बजारमा सामान्य सुधार, कारोबार पौने ८ अर्ब नजिक

२०८१ चैत २१ गते

सेयर बजारमा सामान्य सुधार, कारोबार पौने ८ अर्ब नजिक

काठमाडौ । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । यद्यपि कारोबार रकम भने केही बढेको छ । यस दिन नेप्से सूचक ३.३५ विन्दुले बढेर २७०३.३९ अंकमा आएको छ । ७ अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

वाणिज्य बैंक सहित २ वटा समूहका सूचक बढेका छन् । यस अघि बुधबार पनि बजार बढेको थियो । आज बजार पुँजीकरण ४४ खर्ब ८९ अर्ब ३ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

Advertisement:

Ad
Ad

यस दिन ३ सय २४ कम्पनीको १ करोड ५५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७२ करोड ३२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अगाडी छ ।