शेयर बजारमा फेरी दोहोरो अंकको गिरावट, कारोबार रकमको घट्ने क्रम रोकिएन

२०८१ भदौ २६ गते

शेयर बजारमा फेरी दोहोरो अंकको गिरावट, कारोबार रकमको घट्ने क्रम रोकिएन

काठमाडौँ । विगत पाँच दिनदेखि घटिरहेको शेयरबजार बुधबार पनि दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा पुगेको छ। बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.८६ प्रतिशतले घटेको छ।

Advertisement:

Ad
Ad

यस दिन नेप्सेका १३ उपसमूहमध्ये तीन वटा उपसमूहको परिसूचक बढेको छ भने दश उपसमूहको परिसूचक घटेको छ ।  यस दिन सर्वाधिक बढ्ने उपसमूहमा फाइनान्स रह्यो जसको परिसूचक ०.४३ प्रतिशतले बढेको छ । बुधबार सर्वाधिक घट्नेमा जीवन बीमा उपसमूह रह्यो जसको परिसूचक १.८७ प्रतिशतले घटेको छ।

यस दिन सर्वाधिक बढ्नेमा वेअन नेपाल लघुवित्त रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सर्वाधिक घट्नेमा एसियन हाइड्रोपावर रह्यो जसको शेयरमा ६.८८ प्रतिशतको गिरावट आएको छ।

नेप्से परिसूचक घटेसँगै आज कारोबार रकम पनि घटेको छ। मंगलबार ७ अर्ब २४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज भने ३१७ स्टकको ८७ हजार ३६ पटकको कारोबारमा ६अर्ब ८५ करोड रुपैयाँ बराबरको एक करोड ५४ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। जसमा ६६ वटा कम्पनीको शेयर बढेको छ र १७४ वटा कम्पनीको शेयर घटेको छ । त्यस्तै चार वटा कम्पनीको शेयर भने स्थिर रहेको छ ।

बुधबार सर्वाधिक रकमको कारोबार गर्नेमा सीइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रह्यो जसको ३४ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि एचआइडिसीयलको प्रमोटर शेयर नै रह्यो जसको ८ लाख ७१ हजार कित्ता शेयर किनबेच भएको छ ।