शेयर बजारमा झिनो अंकको सुधार, कारोबार रकम भने घट्यो

२०८१ भदौ १२ गते

शेयर बजारमा झिनो अंकको सुधार, कारोबार रकम भने घट्यो

काठमाडौँ।  लगातार घटेको नेप्से परिसूचक बुधबार भने झिनो अंकले बढेको छ। आज नेप्से परिसूचक ३.८० अंक बढेर २७८६.४० विन्दुमा पुगेको छ। बजार खुलेदेखिनै विभिन्न उतार चढाव व्यहोरेको नेप्से अन्ततः ०.१३ प्रतिशतले बढेको छ।

Advertisement:

Ad
Ad

नेप्सेमा आज १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। बुधबार लगानी उपसमूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशत बढेको छ। अन्य उपसमूहहरुको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.६९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्से परिसूचक बढे पनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन १८ अर्ब ६४ करोडको शेयर खरिदबिक्री भएकोमा आज भने ३२६ स्टकको १ लाख ६८ हजार १७५ पटकको कारोबारमा १३ अर्ब ७२ करोड ७३ लाख रुपैयाँ बराबरको ३ करोड ५० लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। जसमा ९८ वटा कम्पनी बढेका छन् भने १४२ वटा कम्पनी घटेका छन् । त्यसै गरी चार कमपानीको शेयर भने स्थिर रहेको छ।

यस दिन सर्वाधिक बढ्नेमा लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर,आत्मनिर्भर लघुवित्त र मिड सोलु हाइड्रोपावर रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सर्वाधिक घट्नेमा कणाली डेभलपमेन्ट बैंक रह्यो जसको शेयर ६.८८ प्रतिशतले घटेको छ।

बुधबार सर्वाधिक रकमको कारोबार गर्नेमा चन्दागिरी हिल्स रह्यो जसको ४३ करोड ७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा एचआइडिसीएल रह्यो जसको १० लाख ६० हजार कित्ता शेयर किनबेच भएको छ ।