शेयर बजारमा भारी अंकको गिरावट, कारोबार रकममा भने केहि सुधार

२०८० फागुन १७ गते

शेयर बजारमा भारी अंकको गिरावट, कारोबार रकममा भने केहि सुधार

काठमाडौँ  साताको अन्तिम कारोबार दिन शेयर बजारमा भारी अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२.०९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.४३ प्रतिशतले घट्न पुगेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य सबै उपसमूहका परिसूचक घटेका छन् । यस दिन सर्वाधिक सर्वाधिक घट्ने उपसमू फाइनान्स रह्यो जसको परिसूचक ३.२१ प्रतिशतले घटेको छ। त्यस्तै, हाइड्रोपावर दोस्रो धेरै घट्ने उपसमूहमा रह्यो जसको परिसूचक आज २.६२ प्रतिशतले घटेको छ ।

Advertisement:

Ad
Ad

बजार घटे पनि आज कारोबर रकम भने बढेर २.५९ अर्ब बढीको शेयर किनबेच भएको छ । जसमा १७ वटा कम्पनी बढेका छन् भने २२० वटा  कम्पनी घटेका छन् । यसैगरी ११ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । आज सर्वाधि बढ्ने कम्पनीमा बोटलर्स नेपाल बालाजु रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक घट्ने कम्पनीमा जोशी हाइड्रोपावर रह्यो जसको शेयमा नकारात्मक सर्किट लागेको छ ।

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा सोनापुर मिनेरल्स एण्ड आयल कम्पनी रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा जोशी हाइड्रोपावर रह्यो ।