२०८० फागुन १५ गते
काठमाडौँ । मंगलबार शेयर बजारमा एकल अंकको वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक ९.३४ अंकले बढेर २००१.६४ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.४५ प्रतिशतले बढ्न पुगेको हो ।
सोमबार नेप्सेमा १३ उपसमूहमध्य छ उपसमूहको परिसूचक बढेका छन् भने बाँकि सात उपसमूहका परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा उत्पादन र प्रशोधन रह्यो जसको परिसूचक ३.५२ प्रतिशतले बढेको छ । त्यसै गरि आज सर्वाधिक घट्ने उपसमुहमा फाइनान्स रह्यो जसको परिसूचक ०.२८ प्रतिशतले घटेको छ ।
बजार बढे पनि आज कारोबर रकम भने घटेर १.८६ अर्ब बढी मात्रको शेयर किनबेच भएको छ । जसमा १४३ वटा कम्पनी बढेका छन् भने ८९ वटा कम्पनी घटेका छन् । यसैगरी १६ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन बोटलर्स नेपाल बालाजु र बिपिडब्लु लघुवित्तको शेयरमा सर्वाधिक दश प्रतिशतको उछाल आएको छ । मंगलबार सर्वाधिक घट्ने कम्पनीमा चिर्ख्वा हाइड्रोपावर रह्यो जसको शेयमा ५.०६ अंकले घटेको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा सोनापुर मिनेरल्स एण्ड आयल कम्पनी रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा पनि सोनापुरनै रह्यो ।
प्रतिक्रिया