२०८० माघ १८ गते
काठमाडौँ । शेयर बजारमा लगातार दोस्रो दिन दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ अंकमा बजार बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.४७ प्रतिशतले घट्न पुगेको हो ।
बजारमा आज करोबर रकम पनि घटेर जम्मा ४.१८ अर्व रुपैयाँ बढीको कारोबार भएको छ । जसमा १९ कम्पनी बढेका छन् भने २२६ कम्पनी घटेका छन् । यसैगरी एक कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । आज सर्वाधिक शेयर मूल्य बढेको कम्पनीमा समाज लघुवित्त रह्यो जसको शेयर ६.१० प्रतिशतले बढोत्तरी भएको छ । त्यसैगरी, यस दिन सर्वाधिक घट्ने कम्पनीमा समलिङ्ग हाइड्रोपावर रह्यो जसको शेयर ९.४२ प्रतिशतले घटेको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्सुरेन्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा पनि हिमालयन रिइन्सुरेन्सनै रह्यो ।
प्रतिक्रिया