शेयर बजार फेरी ओह्रालो लाग्यो, कारोबार रकम भने बढ्यो

२०८० फागुन २२ गते

शेयर बजार फेरी ओह्रालो लाग्यो, कारोबार रकम भने बढ्यो

काठमाडौँ  हिजो मात्र सर्किट लागेर बन्द भएको शेयर बजार मंगलबार भने भारी अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ७०.३१ अंकले घटेर २००७.६९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ३.३८ प्रतिशतले घट्न पुगेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य एक उपसमूहको परिसूचक बढेको छ भने बाँकि १२ उपसमूहका परिसूचक घटेका छन् । यस दिन एक मात्र  बढ्नेमा म्युचुअल फण्ड उपसमूह रह्यो जसको परिसूचक ०.६६ प्रतिशतले बढेको छ । त्यसै गरि आज सर्वाधिक घट्नेमा अन्य उपसमुहमा रह्यो जसको परिसूचक ३.३५ प्रतिशतले घटेको छ ।

Advertisement:

Ad
Ad

बजार घटेपनि कारोबार रकम रकम भने बढेर ४.११ अर्ब बढीको शेयर किनबेच भएको छ । जसमा ३३ वटा कम्पनी बढेका छन् भने २१३ वटा  कम्पनी घटेका छन् । यसैगरी २ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा गुराँस लघुवित्त रह्यो जसको शेयर ८.७३ प्रतिशतले बढेको छ भने ग्लोबल आइएमइ ब्लयालेन्स्ड फन्ड १ को शेयर ७.८५ प्रतिशतले बढेको छ । मंगलबार सर्वाधिक घट्ने कम्पनीमा बोटलर्स नेपाल बालाजु रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा सोनापुर मिनेरल्स एण्ड आयल कम्पनी रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा पनि सोनापुरनै रह्यो ।