संसदमा गगन थापा र रवि लामिछानेको जुहारी

२०८० माघ २४ गते

संसदमा गगन थापा र रवि लामिछानेको जुहारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई लक्षित गर्दै जावाफ फर्काएका छन् ।

आज बसेको संसद् बैठकमा रविले नयाँ दलले प्रश्न उठेका सांसदलाई ७२ घण्टाको समय लिएर कारबाही गरेको भन्दै आफ्नो दलमा त्यस्तो गरेर देखाउन चुनौती समेत दिएका छन् ।

Advertisement:

Ad
Ad

‘यदि, घोचपेच र ज्ञान बाँड्ने गर्ने हो भने आफ्नै दलतिर हेर्दा हुन्छ । नयाँलाई हेर्ने हो भने त ७२ घण्टाभित्र कारबाही गर्ने दल हो,’ रविले गगन थापातर्फ लक्षित गर्दै भने, ‘पुराना दलहरुले आफ्नो दलभित्र एकपटक चियाएर हेर्ने हो कि, विश्वविद्यालयमा भातृ संगठन नबनाउने घोषणा कार्यान्वयन गर्ने हो कि रु सरकारी जग्गा किर्ते गर्ने मान्छे, आफ्नै दलको वरपर होलान् तिनलाई पहिला पार्टीगत रुपमा कारबाहीको दायरामा ल्याउने हो कि रु’

उनले नागरिकता किर्ते गर्नेलाई पनि दलीय आधारमै संरक्षण गरिएको टिप्पणी गरे । उनले भने , ‘नागरिकता किर्ते गर्नेलाई कारबाहीमा ल्याउने हो कि रु’ उनले सबै विषय उठाउँदै जाँदा लामो समय वित्ने भन्दै त्यतातिर नलाग्न पुराना दलहरुलाई आह्वान गरे ।

रविअघि सम्बोधन गरेका गगनले रविलाई लक्षित गर्दै जतिसुकै शक्तिशाली भए पनि सरकारी ठगीका मतियारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका थिए ।

उनले भनेका थिए– ‘जतिसुकै शक्तिशाली होस्, जुनसुकै पदमा बसेको होस् । हातमा तागत, कलम होस् । नागरिकता बनाउन कीर्ते गर्छ भने फलानो दलसँग जोडिएको छ, त्यसकारणले गर्दा कीर्ते गरे पनि माफी हुन्छ, चल्छ रु’

रास्वपा सभापति लामिछाने सहकारी प्रकरणमा मुछिँदै आएका छन् । पोखराको सूर्यदर्शन सहकारीका वचतकर्ताले लामिछानेविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी समेत दिएका छन् ।