सुनको मूल्यमा लगातार गिरावट, प्रतितोला २ लाख ८६ हजारमा झर्यो

२०८३ जेठ २८ गते

सुनको मूल्यमा लगातार गिरावट, प्रतितोला २ लाख ८६ हजारमा झर्यो

काठमाडौं । केही दिन यता सुनको मूल्यमा लगातार गिरावट आएको  । बिहीबार सुनको मूल्य एकैदिन ५ हजार १ सय रुपैयाँले घटेको छ ।  यस दिन सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।  

 

Advertisement:

Ad
Ad

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार ५ हजार १ सय रुपैयाँले घटेको हो । 


यस्तै चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।