सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

२०८० फागुन १३ गते

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (SNLI) ले आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांशको घोषणा गरेको छ।

Advertisement:

Ad
Ad

कम्पनीले आर्थिक वर्ष ७९/८० को मुनाफा बाट हाल कायम चुक्ता पूँजीको २३.८० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ४ करोड ८४ हजार २११ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो।

यसका साथै इन्स्योरेन्सले बोनस शेयर लगत्तै  २७ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने पनि घोषणा गरेको छ। कम्पनीको फागुन ११ गते बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो।