सन् २०२५का लागि खुल्यो डीभी फारम

२०८० असोज १८ गते

सन् २०२५का लागि खुल्यो डीभी फारम

काठमाडौं । अमेरिकी सरकारले वार्षिक रुपमा दिने डाइभर्सिटी आप्रवासी भिसा डीभी कार्यक्रम अन्तर्गत २०२५ को आवेदन खुलेको छ । अक्टोबर ४ बुधबार राती ९ बजेर ४५ मिनेटबाट २०२५ को डाइभरर्सिटी भिसाका लागि आवेदन खुला भएको हो ।

हाल खुलाइएको आवेदनमा छनोट भएमा २०२५ को सेप्टेम्बरसम्ममा आप्रवासी भिसाको लागि आवेदन दिन सकिने छ । अहिले दिइएको आवेदनको आधारमा आफू छनोट भए नभएको बारे भने आगामी वर्ष २०२४ को मे महिनामा थाहा हुनेछ।

Advertisement:

Ad
Ad

नेपालस्थित अमेरिकी दूतावास तथा अमेरिकी सरकारले डीभीसम्बन्धित आधिकारिक वेबसाइटमा दिइएको जानकारीकाअनुसार कार्यक्रममा सहभागी हुनका लागि कुनै पनि शुल्क लाग्दैन । डीभी निःशुल्क अनलाईन आवेदनमार्फत सञ्चालन भएको कारण आफैंले भर्न सकिन्छ ।

डीभी आफैंले पनि भर्न सकिन्छ, तर यसमा धेरै कुराहरुमा ध्यान दिनुपर्छ । आवेदन बुधबार साँझ ९ बजेर ४५ मिनेटदेखि सेप्टेम्बर ७ सम्म दिन सकिने दूतावासले जनाएको छ ।