समता घरेलु लघुवित्तको पनि लाभांश घाषणा

२०८० मंसिर २५ गते

समता घरेलु लघुवित्तको पनि लाभांश घाषणा

काठमाडौं।  समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) ले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घाषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५.७०७६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमा ५.४२२२ प्रतिशत बोनस शेयर रहेको छ र ०.२८५४ प्रतिशत कर प्रयोजनार्थं नगद लाभांश रहेको छ।

Advertisement:

Ad
Ad

मंसिर २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो  निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।