साल्ट ट्रेडिङ्ग कर्पोरेसनले मनायो ६२औँ  वार्षिकोत्सव

२०८१ भदौ २७ गते

साल्ट ट्रेडिङ्ग कर्पोरेसनले मनायो ६२औँ  वार्षिकोत्सव

काठमाडौँ।  आज एक कार्यक्रम माझ साल्ट ट्रेडिङ्ग कर्पोरेसनले ६२ औँ  वार्षिकोत्सव मनाएको छ । उपभोग्य वस्तु, खाद्यान्न सामाग्री तथा रासायनिक मलको कारोबार गरिरहेको कर्पोरेशनको आज ६२औँ वार्षिकोत्सव सम्पन्न भएको हो ।

उक्त समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए । मन्त्री भण्डारीले कार्यक्रममा सम्बोधन गर्दै कर्पोरेशनले आफ्नो मूल्य र मान्यतालाई कायम राखेर उपभोक्तालाई सेवा दिइरहेको बताए ।

Advertisement:

Ad
Ad

कर्पोरेसनको कार्यक्रममा पुरस्कार वितरण, सम्मानका साथै छात्रवृत्ति प्रदान गरिएको थियो ।