साढे दुई महिनापछि इटालीबाट फर्कियो नेपाल एयरलाइन्सको वाइडबडी जहाज

२०८१ भदौ २७ गते

साढे दुई महिनापछि इटालीबाट फर्कियो नेपाल एयरलाइन्सको वाइडबडी जहाज

काठमाडौँ ।  सीचेकका लागि लामो समयदेखि इटालीमा रहेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी ए–३३० विमान मर्मतपछि आज काठमाडौं आइपुगेको छ ।

गत असार ८ मा विमानको विस्तृत परीक्षण विस्तृत परीक्षण (सी–चेक)का लागि इटाली गएको एन एएलवाई कलसाइनको विमान करिब साढे दुई महिनापछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमको ए–३३०(अन्नपूर्ण) विमान आज बिहान ८ बजेर ३६ मिनेटमा काठमाडौं अवतरण गरेको छ ।

Advertisement:

Ad
Ad

यो सँगै जापान लगायत लामो दूरीका उडानमार्फत् यात्रुलाई थप सेवा दिने विश्वास छ। निगमको अर्को वाइड बडी विमान पनि सी–चेकका लागि इटाली गएको छ । निगमले २२ जुन (असार ८)मा इटलीमा मर्मतका लागि पठाएको थियो । निगमसँग अन्तर्राष्ट्रिय उडानमा रहेका चार एयर बसमध्ये हाल दुई न्यारोबडी मात्रै उडानमा थिए ।

एक वाइडबडी थपिएपछि अब तीन विमानमार्फत् अन्तर्राष्ट्रिय उडान हुने निगमले उल्लेख गरेको छ ।