रिक्त महालेखापरीक्षकमा तोयम राया सर्बसम्मत अनुमोदन

२०८१ वैशाख ०४ गते

रिक्त महालेखापरीक्षकमा तोयम राया सर्बसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई अनुमोदन गरेको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले उनीविरूद्ध परेका उजुरीमाथि छानविन गरी रायालाई सो पदका लागि सर्वसम्मतिले अनुमोदन गरेको हो।

संवैधानिक परिषदबाट प्रस्‍तावित रायालाई योग्यता, क्षमता र अनुभवसमेतको आधारमा महालेखापरीक्षक पदका लागि उपयुक्त देखिएकाले उनको नाम अनुमोदन गरिएको समितिका सभापति पशुपतिशमशेर जबराले बताए ।

Advertisement:

Ad
Ad

महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गरी गत चैत १८ गते समितिमा पत्र प्राप्त भएको थियो।