राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल, पहिलो महिला अध्यक्षकाे रेकर्ड

२०८० पुस २९ गते

राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल, पहिलो महिला अध्यक्षकाे  रेकर्ड

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको ३१औं वार्षिक साधारण सभाले ओमदेवी मल्ललाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ । राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल सर्वसम्मत रूपमा निर्वाचित भएकी छिन् । पुस २७ र २८ गते सम्पन्न ३१ औं बार्षिक साधारण सभाले मल्लको अध्यक्षतामा संचालक समिति निर्विरोध निर्वाचित गरेको हो ।

२०५० सालमा स्थापना भएको राष्ट्रिय सहकारी महासंघमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएको हो । २५ सदस्यीय संचालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित भएको हो । मल्ल यस अघि वरिष्ठ उपाध्यक्ष थिईन । उनी एक कार्यकाल अन्तर्राष्ट्रिय सहकारी महासंघको ग्लोबल बोर्ड सदस्य समेत भैसकेकी छिन् । संविधानसभा सदस्य समेत रहेकी मल्लले सहकारी अभियानको सुदृढीकरणका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

Advertisement:

Ad
Ad

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश प्रसाद पोखरेल चयन भएका छन् । पोखरेल यस अघि उपाध्यक्ष थिए । पोखरेल राष्ट्रिय सहकारी बैंकको निवर्तमान अध्यक्ष समेत हुन् । यसैगरी नवनिर्वाचित उपाध्यक्षहरुमा खेमबहादुर पाठक, डि।बि। बस्नेत र इन्दिरा पन्त रहेकी छिन् ।