२०८२ मंसिर ०५ गते
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष रमेश अर्याललाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएका छन् ।
कम्पनीको सञ्चालक समितिको मिति २०८२ साल मङ्सिर ५ गतेको बैठकले कम्पनीका सञ्चालक र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक रहेका उनलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारी र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थी लगायत पदाधिकारीहरू उपस्थित थिए ।
प्रतिक्रिया