पुष मसान्तसम्म नेपालको वैदेशिक व्यापार - आयात निर्यात दुवै घट्यो

२०८० माघ ०४ गते

पुष मसान्तसम्म नेपालको वैदेशिक व्यापार - आयात निर्यात दुवै घट्यो

काठमाडौँ । नेपालले चालु आर्थिक वर्षको ६ महिनामा ८ खर्ब ४३ अर्ब १३ करोड रूपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। यद्यपि भन्सार विभागको तथ्यांक अनुसार गत वर्षको तुलनामा भने व्यापार ३दशमलव ४७ प्रतिशतले घटेको हो।

गत वर्षको यो अवधिमा नेपालले ७ खर्ब ९२ अर्ब ९६ करोड रूपैयाँ बराबरको आयात गरेको थियो भने यो वर्ष ७ खर्ब ६८ अर्ब १७ करोड रूपैयाँको बस्तु आयात गरेको छ। त्यसैगरी निर्यात तर्फको तथ्यांक हेर्दा गत वर्ष यो अवधीमा ८० अर्ब ८१ करोड रूपैयाँको निर्यात व्यापार गरेकोमा यो वर्ष ७.२३ प्रतिशतले घटेर ७४ अर्ब ९७ करोडमा सीमित भएको छ। साथै यो अवधिमा व्यापार घाटा ६ खर्ब ९३ अर्ब २० करोड रूपैयाँ पुगेको छ।

Advertisement:

Ad
Ad

विभागको तथ्यांक हेर्ने हो भने प्रमुख आयात हुने वस्तुहरुमा डिजेल,पेट्रोल,एलपी ग्यास,तयारी कपडा,मोबाइल,टेलिफोन,विद्युतीय सवारी साधन आदी रहेका छन् भने निर्यात तर्फ फलामे पाता,सेन्थेटिक यार्न,उनी गलैचा,तयारी कपडा, अलैची,जुस,प्लाईउड, प्रशोधित पाम तेल आदी रहेका छन् ।