२०८१ चैत १८ गते
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले उठाउँदै आएका मागमा जवाफ दिनुहुने छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयलाई लिएर विपक्षीले लगातार संसद् बैठक अवरुद्ध गर्दै आइरहेका छन् ।
घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ नदिँदासम्म बैठक चल्न नसक्ने विपक्षी दलहरूको अडानका कारणा बिहीबार, शुक्रबार र आइतबारको बैठक प्रभावित भइसकेको छ ।
प्रतिक्रिया