फागुन महिनामै भित्रियो १ खर्ब २२ अर्ब रेमिट्यान्स

२०८० चैत २२ गते

फागुन महिनामै भित्रियो १ खर्ब २२ अर्ब रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्षमा रेमिट्यान्स लगातार बढ्दो क्रममा देखिएको छ। फागुन एक महिनामा मात्रै १ खर्ब २२ अर्ब रुपैयाँ भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

Advertisement:

Ad
Ad

चालु आर्थिक वर्षको माघसम्ममा कुल ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ निक्षेप भित्रिएको छ। यो गत वर्षको तुलनामा २१ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ८६ हजार ९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४ हजार २७८ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ५१ हजार ७६१ र १ लाख ९२ हजार ५५९ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १८.९ प्रतिशतले वृद्धि भई रु.१० खर्ब ४१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३.९ प्रतिशतले बढेको थियो ।