नीति तथा कार्यक्रम आशा जगाउने खालको छ - चन्द्रप्रसाद ढकाल

२०८१ जेठ ०२ गते

नीति तथा कार्यक्रम आशा जगाउने खालको छ - चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको नीति तथा कार्यक्रम नीति तथा कार्यक्रम राम्रो भए पनि सरकारले गर्ने कार्यान्वयनमा भर पर्ने बताएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतिपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले नीति तथा कार्यक्रमका प्रतिवद्धता अनुसार सरकारले बजेट ल्याए निजी क्षेत्र सकारात्मक रहेको बताएका हुन् ।

उनले नीति तथा कार्यक्रममा समावेश अधिकांश कुराहरु बजेटमा समावेश गर्न सके आशा जगाउने खालको रहेको प्रतिक्रिया दिए । अध्यक्ष ढकालले नीति तथा कार्यक्रममा निजी क्षेत्रसँग सहकार्य गर्ने धेरै कार्यक्रमहरु राम्रो रहेको बताउँदै कृषि र उत्पादनलाई प्राथमिकता राखिनु पनि सकारात्मक रहेको बताए ।

Advertisement:

Ad
Ad

उनले सरकारले नीति तथा कार्यक्रमको प्रतिवद्धता र अर्थतन्त्रमा देखिएको शिथिलता हटाउने गरी अब बजेट आउनु पर्ने उल्लेख गरे ।