नेप्सेमा ५.७४ अंकको सुधारसँगै कारोबार रकम पनि बढ्यो

२०८० माघ २५ गते

नेप्सेमा ५.७४ अंकको सुधारसँगै कारोबार रकम पनि बढ्यो

काठमाडौँ  साताको अन्तिम कारोबार दिन पनि शेयर बजारमा झिनो अंकको सुधार आएको छ । यस दिन नेप्से परिसूचक ५.७४ अंकले बढेर २०९६.३८ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.२७ प्रतिशतले बढ्न पुगेको हो ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.४४ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक १.१२ प्रतिशत बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १ प्रतिशत घटेको छ

Advertisement:

Ad
Ad

बजारमा आज कारोबर रकम बढेर ३.२१ अर्ब बढीको शेयर किनबेच भएको छ । जसमा १५७ कम्पनी बढेका छन् भने ८२ कम्पनी घटेका छन् । यसैगरी ८ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । आज शेयर बजार बढेसँगै समाज लघुवित्त, गुराँस लघुवित्त, बुद्ध भुमि नेपाल हाइड्रोपावर र त्रिशुली जलाविद्द्युत कम्पनीको  शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, यस दिन सर्वाधिक घट्ने कम्पनीमा सिद्धार्थ इन्भेस्टमन्ट ग्रोथ स्किम-३ रह्यो जसको शेयर ९.९७ प्रतिशतले घट्न पुगेको छ ।

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्सुरेन्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा अपि पावर कम्पनी रह्यो ।