२०८० फागुन ०९ गते
काठमाडौँ । बुधबार शेयर बजार फेरी एकल अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ६.४६ अंकले घटेर २०२६.५९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.३१ प्रतिशतले घट्न पुगेको हो ।
१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक मात्र बढेको छ भने बाँकि १२ उपसमूहको परिसूचक घटेको छ । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा उत्पादन र प्रशोधन रह्यो जसको परिसूचक २.८४ प्रतिशतले बढेको छ । त्यसै गरि आज सर्वाधिक घट्ने उपसमुहमा हाइड्रोपावर रह्यो जसको परिसूचक ०.८८ प्रतिशतले घटेको छ ।
बजारमा आज कारोबर रकम घटेर जम्मा २.२४ अर्ब बढीको शेयर किनबेच भएको छ । जसमा ८० कम्पनी बढेका छन् भने १५९ कम्पनी घटेका छन् । यसैगरी ९ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । आज शेयर बजार घटेपनि समाज लघुवित्त , हिमालय उर्जा विकास कम्पनी, बोटलर्स नेपाल तराई र बोटलर्स नेपाल बालाजुको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, यस दिन सर्वाधिक घट्ने कम्पनीमा पिपुल्स हाइड्रोपावर कम्पनी रह्यो जसको शेयर ७.८४ प्रतिशतले घटेको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्सुरेन्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा प्रभु सेलेक्ट फण्ड रह्यो ।
प्रतिक्रिया