२०८१ वैशाख २३ गते
काठमाडौँ । नेपाल सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेकोप्रति भारतले असन्तुष्टि जनाएको छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएको टाइम्स अफ इन्डियाले आइतबार समाचार प्रकाशित गरेको छ ।गत बिहीबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा पुरानो नक्साको सट्टा चुच्चे नक्सा राख्ने निर्णय गरेको थियो ।
‘मैले त्यो रिपोर्ट हेरेँ, तर पूरै निर्णय पढ्न पाएको छैन । हामी यस विषयमा क्लियर छौं ,’ जयशंकरले भने, ‘सीमा समस्या समाधान गर्न नेपालसँग समन्वय भइरहेको छ ।’
नेकपा(एमा)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला नेपालले २०७७ जेठमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर चुच्चे नक्सा छापेको थियो । तर यो कार्यान्वयन हुन सकेको छैन । नेपालले गुमाएका भू–भाग खाली नक्सा र नोटमा सीमित छन् ।
ओली प्रधानमन्त्री भएकै बेला पाठ्यक्रममा पनि चुच्चे नक्सा छापिएको थियो । पछि फेरि हटाइएको थियो ।
प्रतिक्रिया