नेपालको कन्ट्री रेटिङ सम्पन्न, नेपालले प्राप्त गरेको बीबी माइनस रेटिङको अर्थ के हुन्छ ?

२०८१ मंसिर ०६ गते

नेपालको कन्ट्री रेटिङ सम्पन्न, नेपालले प्राप्त गरेको बीबी माइनस रेटिङको अर्थ के हुन्छ ?

काठमाडौँ । नेपालको सार्वभौम साख मूल्यांकन सम्पन्न भएको छ । फिच क्रेडिट रेटिङ कम्पनीले नेपालको 'सोभरेन क्रेडिट रेटिङ' गरेको हो । जसमा नेपालले डबल बी माइनस प्राप्त गरेको छ। बीबी माइनस रेटिङ लगानीका लागि जोखिमयुक्त मानिन्छ । सुशासन विधि र पद्दतीमा विश्वास गर्ने लगानीकर्ताहरु बीबी माइनस रेटिङ प्राप्त देशमा लगानी गर्न रुचाउँदैनन् । क्रेडिट रेटिङले लगानीकर्तालाई नेपालमा लगानीको अवस्था र रिटर्न कस्तो हुन्छ भनेर मूल्यांकन गर्न सजिलो हुन्छ ।

क्रेडिट रेटिङ गर्दा कुनै पनि देशको साखको गुणस्तर मूल्यांकन गर्ने, ऋण दायित्व भुक्तान गर्ने क्षमता विश्लेषण गर्ने, विभिन्न प्रकारका वित्तीय जोखिम पहिचान गर्ने, सरकारको राजस्व परिचालन क्षमता र खर्च प्रणाली विश्लेषण गर्ने, विदेशी मुद्राको स्रोत र स्थिरता तथा आर्थिक पारदर्शिता लगायतका विषय अध्ययन गर्दै निश्चित अंक दिइन्छ ।

Advertisement:

Ad
Ad