नेपाल राष्ट्र बैंकका गभर्नरसँग अर्थ समितिको छलफल

२०८० मंसिर २० गते

नेपाल राष्ट्र बैंकका गभर्नरसँग अर्थ समितिको छलफल

काठमाडौं  नेपाल राष्ट्र बैंकका गभर्नरसँग प्रतिनिधि सभाको अर्थ समितिले छलफल गर्ने भएको छ । अर्थ समितिको बैठक मङ्सिर २० गते बुधबार बिहान ११ बजे बोलाइएको छ ।

उक्त बैठकको कार्यसूचीको पहिलो नम्बरमा नेपाल राष्ट्र बैंकका गभर्नरसँग मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन  र उपलब्धीको अवस्था सम्बन्धमा छलफल गर्ने उल्लेख छ । त्यस्तै दोस्रो नम्बरमा नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारीसँग दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट प्राप्त हुने रोयल्टी र राजश्वको तथ्याङ्क र स्थिति सम्बन्धमा छलफल गर्ने उल्लेख छ ।  उपसमिति गठन सम्बन्धमा आन्तरिक छलफल हुने पनि समितिको सचिवालयले जनाएको छ।

Advertisement:

Ad
Ad

अर्थ समितिका सदस्य रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले एनसेलको शेयर खरिद बिक्री बारे छलफल गर्न माग गर्दै अर्थ समितिमा लिखित पत्र बुझाएका छन् । सो विषयमा पनि छलफल हुन सक्ने बताईएको छ ।