२०८० माघ १९ गते
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB) ले गत आर्थिक वर्ष ७९/८० को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ।बैंकको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने निर्णय गरेको हो। बैठकले साधारणसभा प्रयोजनको लागि वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ।
त्यसै गरी यस वर्ष महिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBSL) ले पनि आफ्ना शेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको छ । माघ १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत असार मसान्तसम्मको वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गरेको हो। सोही निर्णय अनुसार लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।
प्रतिक्रिया