नाग ढुङ्गा नजिक पहिरोले यातायात सेवा अवरुद्ध

२०८१ भदौ ०५ गते

नाग ढुङ्गा नजिक पहिरोले यातायात सेवा अवरुद्ध

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नाग ढुङ्गामा पहिरो खस्दा अहिले सो क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ ।

पहिरो खसेका कारण सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार नाग ढुङ्गा चोकबाट केही मिटर पर नाग मन्दिर नजिकै पहिरो खसेको हो । काठमाडौँ भित्रिने र बाहिरिने सबै सवारीसाधन ठप्प छन् । अहिले सो क्षेत्रमा पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले यातायात सेवा ठप्प छ ।

Advertisement:

Ad
Ad

नाग ढुङ्गामा खटिएको प्रहरीले काठमाडौँबाट जाने सवारी साधन नाग ढुङ्गामै रोकेको छ भने आउने सवारीसाधन पिप्ला मोडभन्दा तलै  रोकेको छ ।