मिटरब्याज पीडितलाई सरकारले बोलायो वार्तामा

२०८० फागुन १३ गते

मिटरब्याज पीडितलाई सरकारले बोलायो वार्तामा

काठमाडौं । सरकारले आन्दोलनरत मिटरब्याज पीडितलाई वार्तामा आउन आह्वान गरेको छ । गृह मन्त्रालयले आइतबार काठमाडौं केन्द्रित आन्दोलनरहत मिटरब्याज पीडितहरुलाई वार्ताको लागि बोलाएको हो । वार्ताको लागि मन्त्रालयले सहसचिव रुद्र प्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।

यसअघि मन्त्रालयले आजै मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई सम्बोधन गरेर वार्तामा आउन पत्र पठाएको थियो । तर, व्यक्तिगत रुपमा सम्बोधन गरेर पत्र पठाएको भन्दै छलफलमा नजाने निर्णय समितिले गरेको थियो । त्यसलगत्तै मन्त्रालयले फेरि मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको नाममा पत्र पठाएको हो ।

Advertisement:

Ad
Ad

देशभरका मिटरब्याज पीडितहरु विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका छन् ।